गुल्मेली र बाग्लुङ्गेहरुले चलाए एम्वुलेन्स खरिद अभियान

Posted on: 02 Sep, 2016

प्रेम सुनार/भदौ १७, गुल्मी । २५ बर्ष कै उमेरमा छोरो गुमाएर बसेकी गुल्मीको नेटाकी ईन्द्रकला ख्रेरेलको आँसु अझै रोकिएका छैनन । केही बर्ष अघि  पिकनिकबाट घर फर्कने क्रममा उहाँको छोरा मनोजको लडेर ज्यान गएको थियो । 

यो त एक सानो उदाहरण मात्र हो । गुल्मीको पौदी अमराई, नेटा,दर्लिङ्ग र ह्वान्दी तथा छिमेकी जिल्ला बगलुङ्गको ग्वालिचौरमा यस्ता घटना हरेक दिन जसो  घट्ने गरेका छन्  । यो क्षेत्रमा कैयौ सुत्केरी हुने महिला बच्चा जन्माउन अस्पत्ताल पुग्दैनन । घरमा नै सुत्केरी बनाउन खोज्दा समस्या सृजना हुन्छ । छोरो गुमाएकी आमा र आमा गुमाएका बच्चाहरुको आखामा बगेको आँसु देख्न नसकेर  त्यस भेगका जनताले एम्वुलेन्स सञ्चालन अभियान सुरु गरेका छन् ।

त्यहाँका जनताले निस्ती बडिगाढ सामुदायिक विकास केन्द्र गुल्मी नामक संस्था गठन गरी एम्वुलेन्स सञ्चालन अभियान सुरु  गरेका हौ । उक्त अभियान सुरु गरेको २ हप्ता भित्रमैं देसहरुमा गरि करिव २ लाख संकलन भएको छ। एम्बुलेन्स अभियानको लागि गठन गरिएको टिम आफ्नो कार्य सम्पादन गर्न प्रतिबद्ध छ । 

कतारमा बुद्ध पान्डेय, युएईमा चिरन केसि, कोरियामा किशोर पौडेल र राजन केसि (डम्मर), जापानमा टीका गिरि र राजन केसि, मलेसियामा देवेन्द्र थापा, रसियामा रेसम कुवर र अष्ट्रेलियामा प्रकास अर्यालको नेतृत्वमा सहयोग संकलन थालिएको छ । यसै गरि असिम थापाको नेतृत्वमा बुटवल आसपासको क्षेत्रमा सहयोग संकलन गर्ने कार्य जारी छ ।

यो पवित्र मानव सेवामा जुट्नु हुने सवै प्रती हामी आभारी छौ । पश्चिमको कन्चन्पुर देखि पुर्वको झापा र सुनसरी सम्मका साथिहरुले यो अभियानलाई साथ दिनु भएको छ । उहाहरुको सहयोगको लागि हामी आभारी छौ । देस विदेसमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई यो अभियानमा सक्दो सहयोग गर्न हामी विनम्र अनुरोध गर्दछौ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!