फेयर एण्ड लभ्ली विग तीज विग धमाका सुरु

Posted on: 02 Sep, 2016

भदौ १७, पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर विग एफएमले ‘विग तीज विग धमाका’ नामको रेडियो गेम शो संचालन गरेको छ । शुक्रबारदेखि सुरु भएको रेडियो गेम शो भदौ २१ गतेसम्म चल्नेछ ।

हरेक पर्वहरुमा विभिन्न ईभेन्टमार्फत स्रोताहरुसँग नजिकिने विग एफएमले अघिल्ला वर्षहरुजस्तै यसपालीको तीजमा पनि ‘बिग तीज विग धमाका’लाई निरन्तरता दिएको जानकारी दिएको छ ।

एफएमले दिएको जानकारी अनुसार फेयर एण्ड लभ्ली विग तीज विग धमाका रेडियो गेम शोमा स्रोताहरुले एसएमएसमार्फत सहभागिता जनाउन पाउनेछन् ।

‘यो एउटा खेल हो र, यसमा सहभागीमध्येलाई हामीले विजेता बनाउँछौँ ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने– ‘विजेताले बम्पर पुरस्कार स्वरुप सुनको गहना प्राप्त गर्नेछन् ।’ त्यस्तै दैनिक ३ जनाले २र२ हजार रुपैयाँ जित्न सक्नेछन् ।

रेडियो गेम शो अन्तरगत एफएममार्फत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिनेछ । सोहि प्रश्नको सहि उत्तर गेम शोमा सहभागी हुन चाहने स्रोताहरुले एसएमएसमार्फत दिनुपर्नेछ । सहि उत्तर दिनेमध्येबाट लक्की ड्र गरेर दैनिक एक जनालाई पुरस्कृत गरिने एफएमले जानकारी दिएको छ ।

फेयर लभ्ली विग तीज विग धमाकामा सहभागीताका लागि स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई द्यक्ष्न् ?कउबअभश्र ँः लेखेर सहि उत्तर टाईप गरि ३४३२१ मा सेन्ड गर्नुपर्नेछ । साँझ ८ः३० बजेको कार्यक्रममार्फत दैनिक तीन जना विजेता छनौट हुनेछन् । श्रोताहरुको सजिलोका लागि हरेक प्रश्नमा अप्शन दिईने एफएमले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!