पर्यटन पत्रकारीताबाट बराल सम्मानित

Posted on: 02 Sep, 2016

भदौ १७, पोखरा । पत्रकार कृष्णमणि बराललाई पर्यटन पत्रकारीता पुरस्कारबाट पोखरामा सम्मानीत गरिएको छ । 

रेष्टुरेण्ट एण्ड बार एशोसियसन पोखराको २२ औ साधारणसभा तथा १२ अधिबेशनको अवसर पारेर  बराललाई नगद २५ हजार ताम्रपत्रले सम्मान गरिएको हो । बराल लामो समय देखी पोखरामा  पत्रकारिता गर्दै आएका छन् ।  उनि अन्नपुर्ण पोष्ट मा आबद्ध छन् । 

उनि सगैं समाजसेवी रामबहादुर पौडेल, र पर्यटन व्यवसायी गणेश भट्टराईलाई सम्मान  गरिएको हो  । पश्चिमाञ्चल क्षेत्रिय प्रशासक गोपीनाथ मैनाली रेवान पोखरका अध्यक्ष गोपी भट्टराई लगाएतले उनिहरुलाई सम्मानपत्रले सम्मान गरे ।

 बराललाई फोटो पत्रकारिताका माध्येमबाट पोखराको पर्यटन विकासमा टेवा दिएको भन्दै पुरस्कार सहित सम्मान गरिएको हो  भने त्यसै गरि पौडेललाई फिर्के बुलौदी सरसफाई अभियान सञ्चालन गरेको, सार्वजनीक जग्गा अतिक्रमर्ण रोक्न सहयोग गरेका लगाएका काम गरि पोखराको विकासमा टेवा दिएको भन्दै सम्मान गरेको हो ।

त्यसै गरी भट्टराईलाई भूकम्प र नाका बन्दिपछि सुस्त रहेको पर्यटन क्षेत्रलाई जागरण गर्न पिटिआरसिको स्थापना गरि उल्लेख्य काम गरेको भ अन्नपुर्ण पोष्टमा कार्यरत बराल लामो समय देखि पोखरामा पत्रकारिता गर्दै आएका छन् ।न्दै रेवानले सम्मान गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!