नामाडीमा सामाजिक जवाफदेहिता तालिम

Posted on: 02 Sep, 2016

प्रज्वल पाैडेल | भदाै १७, रामेछाप । गाउँ स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको लागि आयोजना गरिएको दुई दिने सामाजिक जवाफदेहिता सम्बन्धि तालिम शुक्रवार नामाडी गाविसमा सम्पन्न भएको छ ।स्थानीय निकाय सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यविधिले गरेको प्रावधान अनुसार आयोजनाहरुको सार्वजनिक परीक्षण गर्न प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको उमङ्ग मैनालीले जानकारी दिनुभयाे।

 गाउँ स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका पदाधिकारीहरु,वडा नागरिक मञ्चका पदाधिकारी लगाएत सरोकारवालाहरुलाई सामाजिक जवाफदेहिता, अनुगमन समितिको गठन प्रक्रिया र काम कर्तब्य अधिकार, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, उपभोक्ता समितिको गठन, काम, कर्तब्य अधिकार लगाएतका विषयहरुमा तालिम दिइएको थियो । गाविसको कार्यालय नामाडीको आयोजना तथा युएस्एड्/साझेदारी विकास परियोजना र जनभावना यूवा क्लव टोकरपुरको सहयोग एवं गोगो फाउण्डेसनको सहजीकरणमा तालिम भएको हाे । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!