रेवान पोखराका अध्यक्षमा गुरुङ

Posted on: 03 Sep, 2016

भदौ १८, पोखरा । रेस्टुराँ एन्ड बार एसोसियसन नेपाल (रेवान पोखरा) को शुक्रबार सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनले चौबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

सो समितिका प्रथम उपाध्यक्षमा भीमसेन भुजेल, द्वितीय उपाध्यक्षमा लक्ष्मण बराल, महासचिवमा विश्वराज पौडेल, सहसचिवमा गणेशबहादुर थापा, कोषाध्यक्षमा योगेश भट्टराई र सहकोषाध्यक्षमा वैभव पौडेल रहनुभएको छ । 

त्यस्तै सदस्यमा वसन्त गाौतम, नरेश भट्टराई, निरञ्जन ढकाल, विष्णु बानियाँ र दोर्जे लामा हुनुहुन्छ । रासस   

यस बिषयमा तपाइको प्रतिक्रिया...!