घरेलु मदिरा र गाजाँ नष्टमा डडेल्धुरा प्रहरी सक्रीय

Posted on: 03 Sep, 2016


ललित बोहरा/भदौ १८, डडेल्धुरा । अबैध घरेलु मदिारा नष्ट अभियानमा लगोको डडेल्धुरा प्रहरीले शुक्रबार अमरगढी नगरपालीका  ३ आईत बजार नजिक बस्ने मान बहादुर मगरको घरबाट ५० लिटर घरेलु मदिरा बनाउने कर्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।

 प्रहरीको बिशेष अनुसन्धानले अबैध  घरेलु मदिरा संगै ११ रोपनी जमीनमा लगाएको गाजा पनि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।   अमरगढी नगरपालीका ३ बस्ने टेके नाथको ३ रोपनी, तडीबाटामा ७ रोपनी, चिम्रीकोटमा १ रोपनी जमीनमा  लगाएको गाजाँ नष्ट गरेको प्रहरी निरिक्षक हिमराज घिमिरेले जनाएका छन्  । 

अवैध घरेलु मदिरा र गाजाँ नष्ट गर्न प्रहरी आहोत्र खटिएको प्रहरी निरिक्षक धिमरेले बताएका छन् ।  प्रहरी नायब उपरिक्षक प्रेम शाही डडेल्धुरा आएको एक हप्ता नबित्दै घरेलु मदिरा बरामद गर्ने अभियानमा जुटेका छन् । 

घरेलु मदिराले नै शान्ति सुरक्षामा खल्ल पुग्ने, समाजमा बिकृती फैलाउने, महिला हिंसाका घटना बढेको देखीए पछि अवैध मदिारा नष्ट पार्ने अभियान थालेको उनले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!