डडेल्धुरा सदमुकाम क्षेत्रको बागबजारबाट ५ जना जुवाडी पक्राउ

Posted on: 03 Sep, 2016

ललित बोहरा/भदौ १८, डडेल्धुरा । डडेल्धुराको सदमुकाम क्षेत्रको बागबजारमा रहेको एक होटलबाट जुवा खेलीरहेको अबस्थामा प्रहरीले छापा मारेर पाँच जना जुवाडी पक्राउ गरेको प्रहरी निरिक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् । 

बागबजारको चारपोल नजिकै रहेको सिम्रिक मदिरा पसलबाट जुवाको खालमा बसेका जुवाडेहरुबाट दुई जोडी तास र ३ हजार रुपैया बरामत गरिएको प्रहरी निरिक्षक घिमीरेले बताउन भयो । ठुलै संख्यामा जुवा खेलीरहेको सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको हो । 

छापा मार्ने क्रममा केही जुवाडेहरु भागेका छन । भने पाँच जना प्रहरीले नियन्त्रणमा लिएको ईन्सपेक्टर घिमिरेले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा दुई जना छिमेकी जिल्ला बैतडीका रहेका छन, भने एक जना सरकारी जागिरमा कार्यरत र अन्य दुईजना डडेल्धुराकै रहेको प्रहरीले जनाएको छ । 

भर्खरै मात्र जिल्लाको प्रहरी प्रमुख भएर आउनु भएका लागु औषध नियन्त्रण ब्यूरोमा काम गरिसकेका डीएसपी प्रेम बहादुर शाहीले जुवातास, मदिरा नियन्त्रण जस्ता गतिबिधीमा सक्रियता देखाउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!