प्रमुख जिल्ला अधीकारीद्धारा उपक्षेत्रिय अस्पताल डडेल्धुराको अनुगमन

Posted on: 03 Sep, 2016

ललित बोहरा/भदौ १८, डडेल्धुरा । १७ प्रमुख जिल्ला अधीकारी उद्धय बहादुर सिंहले उपक्षेत्रीय अस्पतालको शुक्रबार साँझ अनुगमन गरेका छन् । 

नमित्त प्रमूख सहित ४ जना कर्मचारी देश बाहिर, बिरामीहरु मर्कामा भने समाचार रेडीयो अमरगढीबाट प्रशारण भएपछि उहाँले अस्पतालको अनुगमन गरेको हो । उपक्षेत्रिय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव सहितका ४ जना कर्मचारी घुम्नका लागि जिल्ला बाहिर जादाँ बिरामीहरु मर्कामा परेका छन । 

कार्यालय प्रमूखले जिल्ला बाहिर जादाँ प्रमूख जिल्ला अधिकारी अथवा अस्पताल बिकास समितिलाई जानकारी गराउनु पर्ने भएपनि सो कुराको बेवास्था गर्दै भारत घुम्न गएको अस्पताल स्रोतले जनाएको छ । 

डा.मेसु सहितका ४ जना कर्मचारी बिना जानकारी नै बाहिर जादा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु मर्कामा परेका थिए ।  यसबारे अन्य जानकारी दिई उनीहरुलाई आवश्क काबाही हुने प्रमुख जिल्ला अधिकारी सिंहले बताएका छन् । अस्पताल ब्यबस्थापन समीतका अध्यक्ष पनी जिल्ला बाहीर रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!