भोजपुरमा पहिरोमा परी दु्ई जनाको मृत्यु

Posted on: 03 Sep, 2016

भदौ १८, संखुवासभा ।  गएराती परेको अविरल बर्षा पछि गएको पहिरोमा परी भोजपुरमा दुई जनाको मृत्यु भएको छ । 

कुलुङ ६ जिमिगाउँका ५८ बर्षिय भरत राई र उनकी ५४ बर्षिया श्रीमती राममनी राईको मृत्यु भोजपुरका डिएसपी काजी कुमार आचार्यले  जानकारी दिए । कुलुङ–९ स्थित जगतमान राईको खेतमा आएको पहिरोले त्यही रहेको घरमा काम गर्ने राई दम्पतीको मृत्यु भएको डिएसपी आचार्यले बताए । 

पहिरोले क्षति पु¥याएको सूचनाको आधारमा कुलुङबाट खटिएको प्रहरी  टोली स्थानीयको सहयोगमा उत्खनन गर्दा राई दम्पती मृत अवस्थामा फेला परेको उनले बताए । पहिरोले  दुईवटा गाई, दुईवटा बाछा र चारवटा भेडा समेत मरेका पुरेको डिएसपी आचार्यले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!