दाजुले बहिनीलाई श्रीमती बनाएको आजै सुनियो, बुहारीलाई श्रीमती बनाई कोठामा थुनियो

Posted on: 03 Sep, 2016

प्रेम सुनार/भदौ १८, गुल्मी ।  हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको आज दरखाने दिन । विहानै सदरमुकाम तम्घासको उदिनढुङ्गा जिप पार्कमा यात्रुहरुले भोग्नु परेको सास्तीवारे रिर्पोटिङ्ग गर्न पुगेको थिएँ  । त्यही क्रममा एक चिया पसलमा पुगेर चिया पिउन थाले । म भन्दा पल्लो कुर्ची–टेवुलमा तिन जना चेलीहरु प्नि चिया खाँदै दुख–सुखका कुराहरु गरिरहेका थिए । उनिहरुले मलाई चिनेका रहेछन् ।

मलाई उनिहरुले तपाई प्रेम सुनार होईन र भनेर सोधे । मैले हजुर हो भने । अवको १५ दिन पछि मैले पनि एउटा ओझेलका खवर बनाउन सक्छु भनेर ति मध्येकी एउटी वहिनीले भनिन्  । मैले चासो लिदै सोधे के सम्वन्धमा होला भनेर ।

उनले आफ्नो कुरा यसरी सुनाईन्–‘ कहानि गम्भीर छ । मेरो बुढोले वहिनी भगाएर पोखरा लगेर राखेको रहेछ । अहिले ११ वर्ष पछि म पोखरा पुगेर उनिहरुलाई फेला पारें । दुई सन्तान पनिजन्माएका रहेछन् । प्रहरीको सहयोगबाट मैले हालै उनिहरु मध्ये श्रीमानलाई प्रहरीको हिरासतमा लिन सफल भएकी छु भने ति दुई सन्तान र सौता बनेकी नन्दलाई घरै ल्याएर आएकी छु ।

ससुरा वुवाले उसलाई सुरुमा भित्राउन नचाहे पनि अहिले भित्राउनु भएको छ ।  म यो छोरीको मुख हेरेर अनि वाउ आमाको ईज्जत सम्झेर गत ११ वर्ष देखि घरमै पिडा सहेर बसें ।

 यि दिदी वहिनीहरु वालपनका साथी र दाजुभाईका छोरीहरु समेत हुन् । उनिहरुसंग आज सात–आठ वर्ष पछि तिज मान्ने अवसर पाएकी छु । उनिहरु हाँसी खुशी छन् । म पिडामा छु र पनिआज उनिहरु संग पिडा पोख्न पाउँदा हलुङ्गो मन भएको छ । छोरी कोखैमा थिईन् । मुहारमा निन्नाउरोपन थियो ।

उनले गाडी नपाएर अलपत्र परेको समस्या सुनाउँदै भनिन्–‘ यहाँ गाडी कुरेको तिन–चार घण्टा भयो । गाडी पाईएको छैन् । कति वेला  पाईएला र आमा वुवासंग मनको वह पोखुँला जस्तो भएको छ । उनले त्यसो भनिरहँदा उनका वालपनका साथीहरुले कठै...........को मुद्रामा हेरिरहेका थिए ।

आजको दिन दाजु भाई दिदी वहिनीले श्रद्धा गर्नु पर्ने दिन तर आजकै दिन एक दाजु भनाउँदोले वहिनी संग लभ चक्कर चलाएर भगाएको कुरा सुन्दा मेरो ज्यान सिरिङ्ग ग¥यो । सहोदर दाजु वहिनी हुन कि के हुन भनेर मैले सोधे । होईन काकाकी छोरी हो भनेर उनले जवाफ दिईन् । त्यो पनि विवाहित वहिनी भएको उनले खुलासा गरिन् ।

घटना गुल्मी  क्षेत्र नम्वर २ अन्तरगतको रहेछ । अहिले नै नाम विवरण नखुलाई दिनु होला तर आजको दिन यस्ता नरपिचास दाजु र वहिनीहरुको चर्तिकला र म जस्ता पिडित महिलाहरुको कथा व्याथा उठाउदा फरक पर्दैन् भन्ने कुरा उनले गरिन् ।

यस्तो पिडामा पनि तपाई खुशी नै देखिनु हुन्छ नि भनेर मैले भने । के गर्ने कति रुने ? हाँसेरै पिडा दवाएकी छु उनले नचाहेर निस्केको हाँसो संगै भनिन् । यो तिजको वेला वहिनी भनाउँदी श्रीमतिका रुपमा घर भित्रिएकी छिन् । दाजु भनाउँदो व्यक्ति प्रहरी खोरमा रहेको उनले बताई रहँदा सुन्ने जो कोहीले थुईया भन्दै थिए । त्यही कुरा चलि रहँदा उता गुल्मीकै बडागाउँ २ बाट एक जना मित्रको फोन आयो ।  बडागाउँ २ को गजुङ्ग गाउँमा पनि त्यस्तै हाडनातामा लभ चक्कर चलेको खवर प्राप्त भयो ।

गत पुषमा त्यहाँका एक युवाले दोहली गाविसबाट एउटी युवतीसंग लभ गरेर विहे गरेको रहेछन् ।  उनिहरुको दाम्पत्य जिवन निकै सुखतसंग वित्दै गएको रहेछ । तर घरै  मुनीको आफ्नै काकाले बुहारीको जवानीमा गिद्धेदृष्टी लगाउँदै आएको रहेछ  ।

जव भतिजो विदेश जाने चक्करमा काठमाण्डौं गयो तव काकाले बुहारीको जवानी लुट्नका लागि ढाडे विरालोको रोल खेल्न थाल्यो  । नभन्दै भदौं १० गते राती उनै बुहारीको विस्तरामा परिवारले रंङ्गेहात फेला पा¥यो त्यो काका भनाउँदोलाई  ।

दुई दिन सम्म ति नक्चरी बुहारीलाई कोठामैं थुनेर राखियो । गाउँमा छलफल चल्यो ति दुवैले आफुहरु विच अवैध सम्वन्ध रहँदै आएको स्वीकार गरेर त्यो काका भनाउँदाले वुहारीलाई घर भित्राउन राजी भए । धनमाल सहित ५० हजार तिरेर घर भित्राईएको ति मित्रले बताए ।

अहिले त्यस्ता  हाडनाता करणीकर्तालाई गाउँ निकाला गर्नुपर्छ भन्दै दाजु भाई जुटिरहेको उनले जानकारी दिए ।  ९ महिना अघि सम्म उनै पुर्वपतिसंग कति वेला दुई मुटु एक हुन पाउँला भनेर कामना गरेकी र उनका लागि वर्त समेत बसेकी ति युवतीले दुईचार दिन श्रीमान काठमाण्डौं जाँदा त्यो अलाछिने जवानीको हुरी वतास थेक्न सकेको भए आज तिजको दिन अरु चेली जस्तै हाँसीखुशी माईत जाने थिईन् । 

तर हेनुस् त आज उनि घर देखि वाहिर निस्केर ठाडो शिर लगाउन सकेकी छैनन् । उता दोहलीस्थित माईतीले त्यसको अनुहार देख्न नपरोस भनेर सरापी रहेका छन् । पुर्व पतिले काठमाण्डौंबाट घर फर्किदा विवाहको पहिलो वर्षको तीजमा श्रीमतिलाई माईत पठाउनका लागि किन मेलको सुरु ताल कसेको  वेला त्यस्तो खवर सुने पछि रनाहमा पर्दै घर फर्केको ति मित्रले बताए । उफ.........खायो मासु गयो जिन्दगी यो कहि नभाको लभ चक्करले ....... भन्नु कि अलाछिने बैंसको टक्करले....!

यस बिषयमा तपाइको प्रतिक्रिया...!