मदन बाल क्लवको अध्यक्षमा सन्देश गौतम चयन

Posted on: 03 Sep, 2016

भदौ १८, मकवानपुर । मदन बाल क्लव हेटौडा ९ मदनपथको अध्यक्षमा सन्देश गौतम चयन हुनु भएको छ । 

आज भएको भेलाले गौतमको अध्यक्षतामा ७ सदस्य कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा साइमा कुइकेल,सचिवमा दिब्या राउत, सहसचिवमा दिया क्षेत्रि चयन हुनुभएको छ। त्यस्तै कोषाध्यक्ष ओजस्पी ढकाल , सदस्यमा चर्चिता अधिकारी ,आवेस थापा मगर रहनु भएको छ ।

त्यस्तै भेलाले विधान अनुसार निवर्तमान अध्यक्ष अमित भोलोन सल्लाहाकार तथा  टोला विकास संस्था अध्यक्ष रुद्रमान मोक्तान लाइ संरक्षकमा चयन गरेको छ । त्यस्तै अभिभावन संरक्षकमा कृष्ण सिंह राउत, रेसम वुढाथोकी र, वासुदेव गौतम रहनु भएको छ । 

निवर्तमान अध्यक्ष अमित भोलोनको अध्यक्षतामा भएको कार्यक्रममा ,टोला विकास संस्था अध्यक्ष मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो  । समितीको कार्यकार २ वषको रहने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!