पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

Posted on: 04 Sep, 2016

भदौ १९, स्यांग्जा । गएराति मुसलधारे पानीसँगै खसेको पहिरोले एक घर पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ–७ ताप्केमा एकै परिवारका चारजनाको ज्यान गएको छ । 

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार राति साढे १ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिएर ७८ वर्षीया चन्द्रकुमारी सारु, निजकी नातिनी ३० वर्षीया हुमकला मश्राङ्गी, हुमकलाकी छोरी सात वर्षीया पुनम मश्राङ्गी र १ वर्षीय छोरा मिलन मश्राङ्गीको ज्यान गएको हो । 

राति नै वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पहिरोमा पुरिएका शव निकालेर अहिले शवपरीक्षणका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रतर्फ ल्याइँदै छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!