नेपाल रेडक्रसको ५९ औं स्थापना दिवस बिभीन्न कार्यक्रम गरी मनाईयो

Posted on: 04 Sep, 2016


ललित बोहरा | भदौ १९, डडेल्धुरा | नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाले आईतबार बिभीन्न कार्यक्रम गरी आफनो ५९ औं स्थापना दिवस मनाएको छ । हरेक वर्ष १९ भदौमा सोसाइटीले स्थापना दिवस मनाउने गर्छ । 


१९ भदौ २०२० मा नेपाल रेडक्रस सोसाइटी स्थापना भएको हो । सबै ठाउँमा , सबैका लागी रेडक्रस भन्ने नारा सहित बागबजारबाट र्याली निकाली  सोसाइटीको आफनै भवनमा अन्र्तक्रीया गरी स्थापना दिवस मनाएको हो । दिवसका अवसरमा रक्तदान कार्यक्रम पनी सञ्चालन गरेको छ । भने, उपक्षीय अस्पतालका बिरामीलाई फलफुल बितराण गरेको नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाका मन्त्री डम्बर भण्डारीले बताएका छन् । स्थापना दिवसको सम्झानामा आयोजीत सो कार्यक्रममा डडेल्धुराका  प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंह , नेपाली काग्रेसका जिल्ला सभापती कर्ण मल्ल,नेकपा एमाले जिल्ला सचिब धन बहादुर साउद लगायतका रेडक्रमकर्मीहरुको  उपस्तीथी रहेको थियो  । 


रेडक्रसको भवनमा भएको अन्र्तक्रीयका बोल्दै नेपाली काग्रेंसका सभापती कर्ण बहादुर मल्लले रेडक्रसले गरेका कार्यको प्रसंशा गर्दै आफुले पनी आजिवन सदस्य लिने घोषणा गरेका छन् । यस्तै कार्यक्रममा नेकपा एमाले  सचिब धन बहादुर साउँदले हाम्रो शिक्षा  प्रणालीमा सुधान नभए सम्म स्वंम सेवा अर्थात समाजसेवामा अबको पुस्ता नरहेनेमा  जोड दिएको थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!