१२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता

Posted on: 05 Sep, 2016

भदौ २०, मकवानपुर  । भूकम्प अति प्रभावित जिल्लाहरु मध्येको मकवानपुर जिल्लामा १२ हजार भुकम्प पीडितसँग अनुदान सम्झौता भएको छ । 

भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि प्रदान गरिने अनुदान सम्झौता भुकम्प प्रभावित ललितपुर बाहेकका ११ जिल्ला मध्ये मकवानपुरमा अन्य जिल्लाको अनुपातमा कम लाभग्राहीसँग सम्झौता भएको हो । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार आजसम्ममा मकवानपुरमा १२ हजार एक सय ९३ लाभग्राहीसँग सम्झौता भएको छ । मन्त्रालयका अनुसार सम्झौता भएका जिल्लामध्ये सबैभन्दा कम संख्यामा अनुदानको पहिलो किस्ता वापतको रकम बुझ्ने जिल्लामा मकवानपुर परेको छ । 

मकवानपुरमा ३० हजार दुई सय ३८ लाभग्राही रहेका छन् । मकवानपुरमा एक हजार तीन सय ६८ लाभग्राहीले पहिलो किस्तावापतको ५० हजार बुझेका छन् । सबैभन्दा कम लाभग्राही रहेका रसुवाका दुई हजार ८९० जनाले पहिलो किस्तावापतको रकम लिसकेका छन् । 

११ जिल्ला मध्ये सबैभन्दा बढी मकवानपुरमा गुनासो दर्ता भएको छ । स्थानीय विकास मन्त्रलायले मकवानपुरमा हालसम्म २५ हजार ६ सय सात वटा गुनासो दर्ता भएको जनाएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!