नेपालको संविधान दिवसमा रक्तदान

Posted on: 06 Sep, 2016

प्रकाश धौलाकोटी/भदौ २१, तेह्रथुम । संविधान दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमले आश्विन ३ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । 

म्याङलुङ्ग र जिरीखिम्तीबजारमा सो दिन रक्तदान कार्यक्रम गर्न लागिएको मन्त्री शिवप्रसाद ढुंगानाले जानकारी दिनुभयो । 

रेडक्रस तेह्रथुमले यसअघि पनि वर्षेनि रक्तदान कार्यक्रमको आयोजना गर्दै जिल्लाबाट उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुग्ने विरामीहरुलाई रगत उपलब्ध गराउदै आएको छ । 

रेडक्रसले सो अवसरमा सबै सरकारी तथा गैरसरकारी संघ संस्था, राजनीतिक दल र नागरिक समाजलाई प्रचार प्रसार गरी सक्रिय सहभागिताकालागि अनुरोध गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!