माईतीले तयार पारेको दर खान नपाई ज्यान गयो

Posted on: 07 Sep, 2016

प्रेम सुनार/भदौ २२, गुल्मी ।  दर खान माईती पुगेकी गुल्मीकी एक चेलीको दर खान नपाई मृत्यु हुनु परेको छ  । 

दरखाने दिन आफ्नो घर गुल्मीको हाडहाडे–१ को वर्दवासबाट हाडहाडेकै वडा नम्वर–९ सिस्थत माईती घर पुगेकी ३० वर्षिया सिता विष्टको  यस्तो दुखत निधन भएको हो ।

 माईत गएकी विष्टा उक्त दिन एक्कासी वेहोस भए पछि उनलाई उपचारका लागि भैरहवमा मेडिकल कलेजमा लगिएको थियो । उपचारकै क्रममा उनको हिजो मृत्यु भएको स्थानियवासी शालिकराम खत्रीले जानकारी दिए ।

 गएराती उनको रिडीमा दाहसंस्कार गरेर स्थानियवासी र नेकपा एमलेका नेता कार्यकर्ता फर्किएका छन् । उनका श्रीमान पदम विष्ट नेकपा एमाले निकठ मजदुर संगठन जिफन्टका जिल्ला अध्यक्ष हुन् । उनका  एक छोरा र तिन नावालिका छोरीहरु रहेका छन् । 

तिज जस्तो चाड पर्वको वेला भएको उनको दुखत निर्धनले हाडहाडेवासी र विभिन्न ठाउँमा रहेका उनको आफन्त र शुभेच्छुकहरु शोकमा डुवेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!