पत्रकारहरुको सदस्यता खुल्ला

Posted on: 07 Sep, 2016

प्रेम सुनारभदौ २२, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले आज देखि साधरण सदस्यता खुल्ला गरेको छ । आज महासंघमा बसेको बैठकले सदस्यता नविकरण गर्ने दस्तुर निर्धारण गर्नुका साथ नयाँ सदस्यता वितरण गर्ने निर्णय भएको महासंघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

उनले  रेडियो , टेलिभिजन र पत्रपत्रिकामा कम्तीमा पनि दुई वर्ष समाचार लेखन  र रिर्पोट प्रशारण गरेको कपी सहित सदस्यता लिनका लगि  आवेदन दिन आग्रह गरे । निर्वतमान अध्यक्ष घनश्याम गौैतम सहितका महासंघका पदाधिकारीहरुको बैठकले अन्य केहि निर्णयहरु पनि गरेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!