नयाँपोखरामा भव्य तिज गीत प्रतियोगिता

Posted on: 07 Sep, 2016

प्रेम सुनारभदौ २२, गुल्मी ।  गुल्मी दर्लामचौर गाविसको नयाँपोखरामा आज भव्य खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । दोहली ३ को जनजागृति युवा क्लवको आयोजनामा राखिएको प्रतियोगिमा ७ वटा टिमलाई पछाडी पार्दै देविस्थान ऋण तथा बचत समुह हस्तीचौर १ मल्दी प्रथम भएको छ ।

  त्यस्तै  कालिका निमावि दोहली ३ ढाँडाको समुह दृतिय र बुद्ध ज्याति युवा क्लव दोहली–२ कल्यारको समुह तृतिय भएको छ भने  तमु समाज दोहली छेडा बजारको समुहले सन्तावान पुरस्कारमैं चित्त बुझाउनु परेको ।तर उत्कष्ट नृत्य पस्केर कार्यक्रममा आकर्षणकी पात्र बनेकी थिईन् कालिका निमावि हस्तीचौर –१ ढाँडाकी ८ वर्षिया वालिका अनिषा थापा ।

  उनले यस वर्षको तीजमा जुन गाविसमा आयोजना  गरिएको प्रतियोगितामा पनि उत्कृष्ट पुरस्कार प्राप्त गरेर सवैलाई चकित पारकी छिन् ।  गत वर्ष देखि विद्यालयमै नृत्य सिक्दै आएकी उनी भविश्यमा मोडलिङ्ग क्षेत्रमा चम्कीन चाहन्छीन् । उनलाई नृत्य सिकाउने शिक्षिका शर्मिला खत्रीले यति सानी ८ वर्षिया वालिकाले जुन ठाउको प्रतियोगिामा पनि उत्कृष्ट बनेर विद्यालयको शिर उचो पारेकोमा आफुहरु गर्वित भएको बताईन् ।

   प्रथम पुरस्कार ७ हजार धनराशी  शौजन्य गरेका थिए स्वर्गिय देविराम जि.सी र माता पुतली जिसीको सम्झानामा हाल मलेशियामा रहेका उनका छोरा दोहली ३ ढाँडाका ओमबहादुर जिसीले   । दृतिय पुरस्कार  ५ हजार  ढाँडाकै  सरम जिसीले छोरा सुरज जिसी मार्फत  ।

   त्यस्तै तृतिय पुरस्कार ३ हजार हाल गरिवी निवारणमा कार्यरत दोहली ४ कुखरीका च्याना  निवासी कल्पना जिसीले  । सान्तवान पुरस्कार २ हजार दोहली ३ डिलबहादुर जिसीले शौजन्य गरेका थिए मलेशियामा कार्यरत  ढाँडाकै यमबहादुर जिसीले । विशेष शौजन्य गरेका छन् सफल क्रियशनका प्रवन्ध निर्देशक नेत्र अर्याल र विनय खत्रीले ।  कार्यक्रम स्थलमा पनि सहयोेग गर्नेहरुको राम्रै लहर थियो ।

 कार्यक्रमको प्रमुख अतिथ्यता नेकपा एमालेका जिल्ला  सचिवालय सदस्य एवं यस भेगका समाज सेवी लक्ष्मण विष्टले गरेका थिए ।  कार्यक्रममा प्रेश सेन्टर नेपालका केन्द्रिय सदस्य प्रेम सुनार,    जिल्ला स्थानिय निकायका    सदस्य चुरा विष्ट , क्षेत्रिय  सदस्य मानबहादुर बस्नेत दर्लामचौर गाविसका  निर्वतमान  उपाध्यक्ष महेन्द्र अधिकारी , एमाले दोहली गाउँ कमिटी अध्यक्ष विष्णु सुनारको विशेष आतिथ्यता रहेको थियो ।

   त्यस्तै नेकपा एमाले दोहली गाउँ कमिटीका सचिव , प्रताव सुनार , सुन्तला देखि निमावि नयाँपोखरा व्यवस्थापन समिति अध्यक्ष नन्दराम अर्याल , कार्यवाहक प्रधानध्यापक डम्वर विष्ट , ईस्मारजस्थल प्रहरी चौकीका प्रहरीह हवल्दार खिमबहादुर बिश्वकर्माको विशेष अतिथ्यता रहेको थियो ।

 तिज गीतका अलवा स्थानि कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरञ्न प्रदान गरेका थिए  । जनजागृति युवा क्लव दोहली ३ ढाँडाका अध्यक्ष अर्जुन जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विजय खत्रीले गरेका थिए भने सचिव नविन जिसीले सञ्चालन गरेका थिए ।

वलिथुममा पनि सम्पन्न

 न्यु सदावाहर युवा क्लव वलिथुम– २ टारीको चौथो वार्षिकोत्सव तथा  हरितालिका तिजकोा अवसरमा आयोजना गरेको खुल्ला तीज गीता  प्रतियोगिता  सम्पन्न गरेको छ ।

 सहभागि चार टिम मध्ये कालिका युवा क्लव पराल्मी प्रथम भएको छ ।  हिमालय युवा क्लव वलिथुम दृतिय र नरहरी कँडेल मावि वलिथुम तृतिय भएका छन् ।  स्थानिय जेष्ठ नागरिक नेत्रलाल गौतमको अध्यक्षता रहेको कार्यक्रममा स्थानिय शिक्षक वुद्धिजिवीहरु  पनि सहभागी थिए ।  क्लवका अध्यक्ष सुरेश कँडेलका अध्ययक्षता  रहेको कार्यक्रममा  सचिव निर्मल गौतमको सञ्चालन रहेको हाम्रा प्रतिनिधी  मोहन गौतमले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!