कास्कीको लेखनाथमा पहिरोले पुरिएर ४ बालबालिकाको मृत्यु

Posted on: 08 Sep, 2016

भदौ २३, पोखरा | कास्की जिल्लाको लेखनाथ नगरपालिका ४ अन्तर्गत खरानी फाँटमा दुई घर पहिरोमा पुरिएको छ । उक्त पहिरोमा परि ४ जनाको बालबालिकाको मृत्यु भएको छ । 

मृत्यु हुने बालबालिकाहरुमा १४ बर्षीय निसान सुनार, १० बर्षीय रजिना सुनार, ८ बर्षीय अन्जीला सुनार र ४  बर्षीय सल्मान सुनार रहेको प्रहरीले जानकारी  दिएको छ ।

उक्त पहिरोमा भाग्ने क्रममा मायाँ सुनार र चन्द्रकला सुनार भने घाइते भएका छन् ।  

- फाईल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!