फिर्के खोलाले मोटरसाईकल सहित मानिस बगायो

Posted on: 08 Sep, 2016

कमल सुबेदी/भदौ २३, पोखरा । लगातार परेको पानीले  गए राती पोखरा को फिर्के खोलाले मोटरसाईकल सहित मानिस बगाएको छ ।

ग ६ प ७९२ नम्बरको १८० सिसिको निलो पल्सर मोटरसाईकल साइकल सहित मानिस बगाए को छ ।   

हाल सम्म  मोटरसाइकल भेटिएको छ  भने मानिसको खोजीकार्यत्र भई रहेको कास्की प्रहरीले जानकारी दिएको छ । मोटरसाईकल घटनास्थलबाट करिब ३ सय मिटर तल भेटिएको प्रहरी ले जनाएको छ । यस अघि पनि पोखरामा नालामा परि एक महिलाको मृत्यु भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!