पेगामा तिजको बेग्लै धमाका हुँदै

Posted on: 09 Sep, 2016

प्रेम सुनार/ भदौ २४, गुल्मी । गुल्मीको बडागाउँ ५ पेगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवले हरितालिका तीजको विदाई र आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा भदौ ३१ गते खुल्ला  तिज गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

  मौलिक सांस्कृतिक संरक्षणमा हरेक चाड पर्व र अन्य विशेष समयमा महत्वपुर्ण भुमिका खेल्दै  आएको उक्त क्लवले हरेक वर्ष झैं यस वर्ष पनि  तिज गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष अशोक सोमैले जानकारी दिए  ।

    बडागाउँ घर भई वैदेशिक रोजगारमा रहेका क्लवका शुभुच्छुकहरुको विशेष सहयोगमा हुन लागेको उक्त कार्यक्रमलाई अझ भव्य पार्न अध्यक्ष सोमैले सवै पक्षको सहयोगका लागि अपिल समेत गरेका छन् । चर्चित राष्ट्रिय र स्थानिय कलाकारहरुको वेजोड प्रस्तुतीका साथ आयोजना गरिएको  उक्त कार्यक्रमको अफिसियल मिडिया रेसुङ्गा टेलिभिजन  रहेको र त्यस मार्फत सम्पुर्ण दृश्य प्रशारण गरिने र युट्युवबाट समेत देश विदेशमा रहेका नेपालीहरुले हेर्न सक्ने व्यवस्था मिलाईएको उनले बताए ।  

उनले दिएको जानकारी अनुसार तिज गीत प्रतियोगितामा  जनचेतना मुलक र नारी वेदनामा आधारित रचनाहरु हुनु पर्नेछ । प्रथम पुरस्कारका धनराशी ७ हजार ७ सय ७७ रहेको छ । उक्त पुरस्कारको शौजन्य गरेका छन् बडागाउँ–५ पेगा निवासी कृष्ण पाण्डेले । दृतिय पुरस्कारको धनराशी रहेको छ ५ हजार ५ सय ५५ । त्यसका शौजन्यकर्ता हुन पेगा घर भई दक्षिण कोरियामा कार्यरत युवराज थापा । तृतिय पुरस्कार ३ हजार ३ सय ३३ का शौजन्यकर्ता हुन पेगा घर भई दोहा कतारमा कार्यरत ध्रुर्व थापा । त्यस्र्त सान्तवना पुरस्कार १ हजार ५ सय १५ का शौजन्यकर्ता हुन जलुके  घर भई तम्घासको उदिन ढुङ्गामा रहेको ईश्वर फेन्सी स्टोरका प्रोपराईटर दुर्गा खड्का ।

   उक्त कार्यक्रमका लागि हाल सम्मका विशेष सहयोगीहरुमा बडागाउँ– ५ पेंगाका पदमबहादुर पाण्डे , सोही स्थान घर भई दोहा कतारमा कार्यरत दिपक शाही , यमबहादुर जिसी, विजयकुमार गन्र्धव , यमबहादुर वराम्ले , कालिका सुनचाँदी पसल कुर्घा ५ का प्रोपराईटर दिपेश श्रीपाली , पेगा घर भई दक्षिण कोरियामा कार्यरत प्रदिप जिसी , वराल फोटो स्टुडियो बडागाउँ ६ मैदानका प्रोपराईटर कमल वराल र अस्मीता पुस्तक पसल तम्घासका प्रोपराईटर खड्गबहादुर थापा ।

  अहिले सम्म  चर्चित तिज गीत –‘ भंगेरी चरीले मैदानमा लरी लरर..’ की गायिका शिलु भट्टराई ,  गायक गणेश अधिकारी , केशव कुँवर , अर्जु कुँवर ( पितृ बा ) र सविन क्षेत्री ( चिलिगाण्डे )   उक्त कार्यक्रममा आउने पक्का भई सकेको र थप कलाकारहरु ल्याउने पहल भई रहेको अध्यक्ष सोमईले बताएका छन् ।

वर्षेनी त्यस पेंगामा हुने सांस्कृतिक कार्यक्रमलाई हेर्न सदरमुकाम तम्घास , छिमेकी गाविसहरु मुसिकोट, हस्तीचौर , कुर्घा , आँपचौर र वामी सम्मबाट मानिसहरु आउने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!