उद्योग व्यापार संगठनको अध्यक्षमा सुवेदी

Posted on: 09 Sep, 2016

प्रकाश धौलाकोटी/ भदौ २४, तेह्रथुम । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रथम अधिवेशनले गिरीराज सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार सदरमुकाम म्याङलुङ्गमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट उद्योगी व्यापारीहरुको संगठनको अधिवेशनले उपाध्यक्षमा सुर्य विक (रमेश) र राम थापा, सचिवमा दिपक कट्टेल, सहसचिवमा टकेबहादुर मगर, कोषाध्यक्षमा कैलाश शाह रहनुभएको छ ।

 सदस्यहरुमा प्रेमबहादुर खड्का, रेन्जी शेर्पा, जगन्नाथ दाहाल, एस भण्डारी, महेन्द्र गुरागाई, कमला के.शी र विमला फुँएल रहनुभएको छ । संगठनले तेह्रथुम उद्योग वाणिज्य संघलाई लिएर वार्ता गर्न नारायण लुईटेलको संयोजकत्वमा दिपक कट्टेल, रमेश घिमिरे, कैलाश शाह र रेन्जी शेर्पा सम्मिलित ५ सदस्यीय बार्ता समिति गठन भएको संगठनका सचिव कट्टेलले जानकारी दिनुभयो ।

 अधिवेशन प्रदेश नं. १ समिति सदस्य नारायणलाल श्रेष्ठ, जिल्ला सचिव तारा भट्टराई र पुर्वसांसद फुर्वी शेर्पाको आतिथ्यतामा भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!