अब ‘एक्सचेञ्ज्’ जरुरी छ

Posted on: 12 Sep, 2016


प्रेम सुनारभदौ २७, गुल्मी ।  अब एक्सचेञ्ज जरुरी छ भन्ने मुल नाराका साथ सदरमुकाम तम्घासमा सिमित अवधीका लागि  आफ्नो पुरानो वाईक संग नयाँ वाईक साट्न पाईने सुविधा प्राप्त भएको छ । 

तम्घासमा रहेको सगरमाथ अटो मोवाईल्स  .( वजाज शोरुम ) मा   जुन सुकै कम्पनीका पुराना मोटर साईकल संग वजाजको  कम्पनीका नयाँ नयाँ मोडलका मोटरसाईकल साट्न पाईने शोरुमका प्रोपराईटर नारायण जि.सीले जानकारी दिए ।

विजय दशमी तथा  शुभ दिपावलीको अवसरमा  ग्राहक महानुभावलाई उक्त सुविधा उपलव्ध गराईएको उनले बताए ।   तर साट्नका लागि  निश्चित मिति तय गरिएको छ । शो रुम प्रशासनले दिएको जानकारी अनुसार भदौं २९ ,३०  र ३१  गते साँझ सम्म पुराना मोटर साईकल संग नयाँ मोटरसाईकल साट्न पाईने छ । 

जिसीले दिएको जानकारी अनुसार मोटरसाईकल साटही गर्दा फाईनान्सको सुविधा , पुरानो मोटरसाईकलको उचित मुल्याङ्गन गरिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!