कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

Posted on: 13 Sep, 2016

भदौ २८, हेटौडा | मकवानपुरको नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सब कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

विद्यालयका प्रधानाध्यापक शुभनारायण चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा छात्राबास संयोजक देवलाल उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुले खुल्ला साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । शिक्षका रेवती उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक चौधरीले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि सबैको सहयोगको आवश्यकता पर्ने बताउनुभयो । यसैगरी प्रमुख अतथि देवलाल उप्रेतीले विद्यालयको शैक्षिक गुणस्तरका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  

सो अबसरमा कालिका मावि छात्राबासमा बसी अध्ययन गर्ने र २०७२ सालको परीक्षामा विशिष्ट श्रेणीमा उतीर्ण हुने २ जना छात्रलाई छात्राबास वार्डेन सन्तोष लामिछानेले रु.५ सय बराबरको परस्कार प्रदान गर्नुभयो । साथै उहाँले आगामि वर्षहरुमा पनि छात्राबासमा बसी अध्ययन गर्ने कक्षा ८ र १० का द्यिार्थी मध्येबाट ए तथा सोभन्दा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीलाई सो रकम बराबरको पुरस्कार दिने घोषणा गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!