डडेल्धुरामा बहुला स्यालको टोकाइबाट २ जना घाइते

Posted on: 14 Sep, 2016

ललित बोहराभदौ २९, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–१० राई गाउँमा बहुला स्यालको टोकाइबाट २ जना घाइते भएका छन । 

घर नजिकैको खेतमा काम गरिरहेका सयमा बुधबार बिहान स्थानिय कालु भट्टलाई र दिउँसो भोजराज भट्टलाई स्यालले टोक्दा घाइते भएका स्थानिय नवराज भट्टले साझा सवाल डडेल्धुरालाई  जानकारी दिएका छन । 

घाइते दुबै जनाको उप–क्षेत्रिय अस्पतालमा उपचार गरिएको र बहुला स्याललाई स्थानियहरुले मारेको बताइएको छ । यसका साथै डडेल्धुरा जिल्लाका अन्य ठाँउहरुमा पनि स्यालको बिगबिगि बढे्को छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!