डडेल्धुरामा पनि बाल दिवस मनाईयो

Posted on: 14 Sep, 2016

ललित बोहरा/भदौ २९, डडेल्धुरा । ‘सम्बद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज डडेल्धुरामा पनि बाल दिवस मनाईएको छ । 

दिवसको अवसरमा डडेल्धुरा सदरमुकामका बिद्यालय लगायत अन्य थुप्रै संघ संस्थाहरुले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन । विद्यालयहरुले पनि विद्यार्र्थीलाई सहभागी गराएर बिभिन्न कार्यक्रमको आयोजना गरेका हुन । यसैगरी ह्वाइट पार्क कलेज चिम्रिकोटले पनि क्विज प्रतियोगिता गरी बाल दिवस मनाएको छ । 

दिवसको अवसरमा लोटस ईङ्गलिस बोर्डिङ्ग स्कुल अनपा ११ सल्लाघारीले पनि अन्तर सदनात्मक भलिवल प्रतियोगिता, वक्तित्व कला, कविता वाचन र विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको छ ।  

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!