अन्तत: रोक्कियो ठेक्का प्रकिया, पोखरेली खुसी

Posted on: 14 Sep, 2016

कमल सुबेदी | भदौ २९, पोखरा | जिल्ला बिकास समिति कास्की ले मर्दिखोला खानेपानी आयोजनालाई असर पर्ने गरि दिएको ठेक्का प्रकृया अन्तत खारेज भएको छ ।

पुनरावेदन अदालमा ठेक्का प्रकृया बिरुद्ध परेको रिट निवेदन माथी न्यायधिस  सत्यरान गुरुङ्ग र भिम कुमार ओझाको संयुक्त इजलासले उत्प्रेरणाको आदेशद्धारा  ठेक्का प्रकृया बदर गरि परमादेश समेत जारी  गरेको छ । अधिवक्ता सुनिल गौतम ले असार मा जिविस कास्की ,खानेपानी संस्थान र पोखरा उपमहानगर पालिका लाइ विपक्षी बनाइ रिट निबेदन दायर गरेका थिए ।उक्त रिटमाथी अधिवक्ता  सुनिल गौतम मेघमणि पौडेल , जनकल्याण पराजुली र शुकदेव गौतमले बहस गरेका थिए । आदेश  सगै अब मुहान मा कुनै पनि तवरमा ढुंगा गिटी र बालुवा उत्खनन गर्न नपाइने भएकाृ छ ।

पोखरेलिको खानेपानीको प्रमुख स्रोत रहेको मर्दि खोलामा प्रदुषण बढ्दा पोखरेली ले शुद्ध खानेपानी खान पाएका छैनन् ।  ठेक्का प्रकृया खारेजी सँगै  पोखरेली हरुमा खुसी छाएको  छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!