रेडक्रस साेसाईटी रामेछापको अध्यक्षमा कार्कि निर्वाचित

Posted on: 15 Sep, 2016

प्रज्वल पाैडेल, भदाै ३० ।

 नेपाल रेडक्रस सोसाइटी रामेछापमा शिवकुमार कार्की जिल्ला सभापतिमा निर्वाचित हुनुभएकाे छ । बुधबार भएको १० औं जिल्ला अधिवेशनमा कार्कीले प्रतिद्वन्दी झम्क कँडेललाई हराउदै अध्यक्ष पदमा विजयी हुनुभएकाे हाे। 


१२ सदस्य र एक सभापतिको निर्वाचन प्रक्रियामा सदस्य पदको लागि १८ जनाको दरखास्त परेकोमा ६ जनाले दरखास्त फिर्ता लिएपछि १२ सदस्यहरु निर्विरोध चयन भएका थिए । अध्यक्ष पदका लागि भने दुई उम्मेद्वारी परेकाले मतदान भएको हो । 

 निर्विरोध चयन भएका सदस्यहरुमा जयप्रकाश श्रेष्ठ, नारायणदाश श्रेष्ठ, दिनेशकुमार कार्की, टीकाप्रसाद भट्ट,कृष्णप्रसाद उप्रेती, राजेन्द्रकुमार बस्नेत, पार्वति कडरिया (सुवेदी), सोमप्रसाद सापकोटा, ध्रुव खड्का, रामविष्णु बस्नेत, वीरेन्द्र श्रेष्ठ र नेत्र केसी रहेका छन् । 

 निर्वाचित सभापतिले ३ सदस्य मनोनित गर्ने छन् भने सदस्यहरुबाट उपसभापति, मन्त्री, उपमन्त्री, कोषाध्यक्ष र उप–कोषाध्यक्षको चयन हुने रेडक्रस साेसाईटी रामेछापले जनाएकाे छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!