रामेछापमा ट्याक्टर दुर्घटना हुदाँ चालकको निधन

Posted on: 16 Sep, 2016

प्रज्वल पौडेल/भदौ ३१, रामेछाप । मन्थली नगरपालिका १३ बढीमुहानमा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ भने अन्य ४ जना घाईते भएका छन् । 

शुक्रबार दिउसो  सदरमुकाम मन्थलीबाट सामान लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुदाँ सिन्धुली जिल्ला लाम्पाङटार ८ का नविन कार्कीको ज्यान गएको हो । 

बिजुलीको तार र खानेपानीको पाइप लगाएतको सामान बोकेर गइरहेको ना ५ त ७७५८ नं को ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

दुर्घटना परि घाईते भएकाहरूलाई उपचारका लागि मन्थली ल्याईएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!