प्रदुषण न्युनिकरणमा जोड दिनुपर्ने साझा धारणा

Posted on: 16 Sep, 2016

नन्दराम जैशी, भाद्र ३१, जुम्ला । जिल्लामा शुक्रबार सम्पन्न भएको एक कार्यशाला गोष्ठिका सहभागिले जुम्लामा बढ्दै गएको प्रदुषण न्युनिकरण गर्न सबैले जोड दिनुपर्ने बताएका छन् । जुम्लामा दिन प्रतिदिन जल, जमिन, वायु तथा ध्वनि प्रदुषण बढिरहेको भन्दै प्रदुषण न्युनिकरणमा सबैले आ आफ्नो क्षेत्रबाट जोड दिनुपर्ने उनिहरको भनाइ छ । जिल्ला स्थीत सरोकारवाला निकायको सहभागितामा शुक्रबार जिविस जुम्लाको सभाहलमा सम्पन्न भएको प्रदुषण नियन्त्रण राष्ट्रिय रणनिति तथा कार्य योजना तर्जुमा जिल्ला स्तर परामर्श कार्यशाला गोष्ठिका सहभागिले यस्तो बताएका हुन् ।       

जुम्लामा हाल विस्तारै बढ्दै गएका उद्यम विकास, औधोगिकिकरण, अन्वेषण तथा विकासका प्रतिफल र शहरीकरण तथा बस्ती विस्तारका कारण जल, जमिन, वायु तथा ध्वनि प्रदुषण बढ्दै गएको हो । स्थानियको जिबन शैलिमा आएको परीबर्तनका साथै जिल्ला स्थीत सरकारी, गैर सरकारी कार्यालयद्धारा एकिकृत योजना र समन्वयको अभावका कारण प्रदुषण न्युनिकरणका लागि खासै उल्लेखनिय काम भएको पाइदैन । कार्यशाला गोष्ठिमा सहभागिद्धारा समुह मार्फत जिल्लाको प्रदुषण स्थीति, न्युनिकरणका लागि भैरहेका प्रयास र अबको योजनाका बिषयमा छलफल गरीएको थियो ।          

नेपालमा बढ्दै गइरहेको प्रदूषण नियन्त्रणका लागि नेपालका १४ वटा जिल्लामा अध्ययन थालिएको छ । हिमाली जिल्लाका मुस्ताङ, जुम्ला तथा पहाड र तराईका जिल्लामा पनि प्रदूषण नियन्त्रणका लागि जनसंख्या तथा वातावारण मन्त्रालयका सचिवहरुले अध्ययन थालि रहेका हुन् । वातावारण मन्त्रालयका विषशज्ञ युवराज भट्ट लगाएत ४ जना विषशज्ञको टोलीले जुम्लाको प्रदूषणको अवस्थाका विषयमा सरोकारवालसँग छलफल हो छ । छलफलबाट जुम्लाका विभिन्न क्षेत्रगत निकाय तथा स्थानिय निकायबिच कार्यक्रम तर्जुमाको अवस्थामा संवाद तथा समन्वय नभएको बताइएको छ ।

एकिकृत योजना तर्जुमा एक आपसका कार्यक्रमले प्रदुषण नियन्त्रणमा पुर्याएको सकारात्मक तथा नकरात्मक प्रभावहरुको समिक्षा तथा सुधार गर्नुपर्ने क्षेत्रहरुको संयुक्त रुपमा पहिचान नभएको पाइएको छ । जुम्लामा प्रदुषण नियन्त्रण गर्न समन्वयका लागि विभिन्न संस्थागत संयन्त्रको ब्यवस्था गरीएपनि त्यसको भुमिका तथा प्रभावकारीता कमजोर गोष्ठिका सहभागिले बताएका छन् ।      


यस बिषयमा तपाइको प्रतिक्रिया...!