पेंगामा सांस्कृतिक कार्यक्रम सम्पन्न

Posted on: 17 Sep, 2016


प्रेम सुनार | असोज–१, गुल्मी । गुल्मीको बडागाउँ–५ पेंगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवको छैंठौं वार्षिकोत्सवको अवसरमा आज बृहत खुल्ला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम  भव्य रुपमा सम्पन्न भएको छ  ।  

हरितालिका तीजको विदाई गर्ने र मौलिक सांस्कृतिक संरक्षण गर्ने उद्देश्यकासाथ कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष अशोक सोमैले बताए ।


कार्यक्रममा  पृथ्वी उच्च माध्यामिक विद्यालय बडागाउँका प्रधानध्यापक चन्द्रबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा  रहेको थियो भने बडागाउँ गाविसका निर्वमान गाविस अध्यक्ष कर्णध्वज जिसीको विशेष आतिथ्यता रहेको  थियो ।  त्यस्तै स्थानिय राजनैतिक दल , समाज सेवी , शिक्षक बुद्धिजिवी , सञ्चारकर्मी र कलकारहरुको सहभागिता रहेको थियो ।   प्रमुख आकर्षणका रुपमा गायिका शिलु भट्टराई ,  गायकहरु महेन्द्र भण्डारी , गणेश अधिकारी   , हाँस्य कलाकार अर्जुन कुँवर .( पितृ बा )  सविन क्षेत्री  (चिलीगान्टे ) लगायतका कलाकारहरु रहेका थिए ।  । कार्यक्रमलाई सहयोग पुराउने विभिन्न व्यक्तिहरुलाई आयोजकले सम्मान गरेको थियो ।

केहि दिन अघि  मुस्लीम समुदायले ईद पर्व मनाई रहँदा एक जना पनि मुस्लीम नभएको गाउँ गुल्मीको क्षेत्र नम्वर ३ का पुरै विद्यालय त्यसै ईद पर्वका अवसरमा सरकारले दिएको विदाका कारण बन्द थिए । त्यस्तै सरकारी कार्यालय पनि बन्द हुँदा सेवाग्राहीहरु सेवा लिनबाट बञ्चि थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!