डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना घाइते

Posted on: 17 Sep, 2016

ललित बोहरा | असोज १, डडेल्धुरा | विश्वकर्मा पुजाकै दिन सनिबार डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा बजार नजिकै साँझ भएको मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान जानुका साथै १ जना घाइते भएका छन । 

अनारखोलीबाट डडेल्धुरा तर्फ आइरहेको से ४ प ५२०० नं. को मोटरसाइकल दुर्घटनामा परि अमरगढी नगरपालिका ५ सेलागाँउका २२ बर्षिय रमेश अवस्थीको ज्यान गएको हो भने सोही ठाँउकी १६ बर्षिया प्रियङ्का अबस्थी घाइते भएकि हुन । 

तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!