रेसुङ्गा टेलिभिजनका पाण्डे सम्मानित

Posted on: 17 Sep, 2016

प्रेम सुनार | असोज १, गुल्मी ।  गुल्मीको पहिलो र एक मात्र  टेलिभिजन , रेसुङ्गा टेलिभजका  प्रवन्ध निर्देशक सुमन पाण्डे  यहाँको एक क्लवद्धारा सम्मानित भएका छन् । पाण्डेले जिल्ला बाहिरबाट गुल्मीमा आई यहाँका नागरिकहरुलाई स्थानिय तहमा टेलिभिजन प्रशारणका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै  बडागाउँ ५ पेंगामा क्रियाशिल न्यु स्टार युवा क्लवले सम्मान गरेको हो ।

बुटवल–९,  दिपनगर पुर्खेयौली घर भएका र हाल काठमाण्डौ–२९ को सामखुशीमा वसाई सराई गरेका पाण्डेले गत दुई वर्ष देखि गुल्मी जिल्लामा टेलिभिजन प्रशारणमा नेतृत्वदायी भुमिका निभाउँदै  आएका छन् ।

टेलिभिजनका शेयर लगानी संगै सञ्चालक समितिमा समेत  रहेका पाण्डेलाई  प्रवन्ध निर्देशकको जिम्मेवारी  समेत दिईएको छ । उनले सुभद्र फिल्मस् प्रा.लि. समेत सञ्चालन गर्दै आएका छन् ।   यहाँको टेलिभिजन  पत्रकारितामा गरेको  योगदानलाई हामी सवै गुल्मेलीहरुले उच्च कदर गर्नु पर्ने भएकोले छैठौं वाषिकोत्सवको अवसरमा उनलाई सम्मान गरिएको बताए ।   तस्वीरः  क्लवका अध्यक्ष सोमैद्धारा सम्मान पत्र  ग्रहण गर्दै पाण्डे |

यस बिषयमा तपाइको प्रतिक्रिया...!