रेडियो स्काई छैठौं वर्षमा

Posted on: 17 Sep, 2016


प्रेम सुनार | असोज १, गुल्मी ।  गुल्मीको पहिलो सामुदायिक  रेडियो स्काई आज देखि  ५ औ वर्ष पार गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।  छैठौं वर्ष गाँठको अवसरमा रेडियोले विभिन्न राजनैतिक दलका नेता, सञ्चालक समिति सदस्य, सरकारी कार्यालय प्रमुख र पत्रकारहरु विच  सामुदायिक रेडियोको महत्व र समाजमा उसको भुमिका वारे अन्तकृया गरिएको थियो ।

कार्यक्रममा  नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला प्रतिनिधी माधवप्रसाद ज्ञवाली , नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्की , शान्ति समितिका अध्यक्ष जनर्दन घिमिरे लगायतका अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।  वार्षिकोत्सवका अवसरमा त्यस रेडियोका पुर्व संयोजक स्वर्गिय जिडी जोन्स रियाज उपनामले चिनिएका गोविन्द देवकोटा प्रति सम्मान प्रकट गर्दै उनको तस्वीरमा माल्यर्पण गरिएको थियो । देवकोटा २ वर्ष अघि पाल्पामा सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

उक्त रेडियो सञ्चालक समिति अध्यक्ष शालिक पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सचिव गोविन्द गौतमको सञ्चालन रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!