पोखरामा भलले बगाउदा एकको मृत्यु, एक वेपत्ता

Posted on: 18 Sep, 2016

कमल सुवेदी । असोज २, पोखरा । पोखरामा शनिबार साझँ परेको अविरल वर्षाका कारण आएको भलले बगाउदा एक जनाको मृत्यु भएको भने एक जना वेपत्ता भएका छन् । 

भलले बगाउदा पोखरा १६ लामाचौरको गैह्रबारीका ५६ वर्षिय कृष्णबहादुर थापा मृत्यु भएको हो । भलले बगाएर घाइते भएका थापालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 

त्यस्तै पोखरा १७ विरौटामा भलले बगाएर एक जना वेपत्ता भएका छन् । बेपत्ता भएका व्यक्तिको खोजि कार्य जारी रहेको प्रहरीले साझा सबाललाई जनाएको छ । 

- फाइल तश्विर | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!