एचआईभी. संक्रमित र बालबालिकाको शिक्षाको लागि सन्डेज फन डान्स पार्टि हुँदै

Posted on: 18 Sep, 2016


असोज २ । सुर्योदय डान्स एकेडेमिले अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको लागि सहयोगार्थ सन्डेज फन डान्स पार्टि आइतबार (आज) ओजोन डान्सबारमा  गर्ने भएको छ । 

सन्डेज फन डान्स पार्टीबाट उठेको रकम अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको र विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरीको यात्राको लागि सहयोग गर्ने एकेडेमिका सदस्य सेलिन प्रबिनले बताउनु भयो । 

उक्त सन्डेज फन डान्स पार्टिको मुख्य प्रायोजक जुगल इन्टरनेशनल ओभरशिज र अन्य सहयोगीहरु वेलकम बुटिक, नगेन आर्ट ग्यालरी, तिर मैन लिाई, जनएकता बचत तथा ऋण सहकारी संस्था लि., ए.बि.सी. मार्ट, डी एण्ड डी डान्सबार एण्ड रेष्टुरेण्ट, उत्तम खाजा घर, ए. टी. जिम, लोयल हार्ट लगाएत ब्यक्तिहरु रहेको एकेडेमिका सदस्य बिनु गुरुङ्गले बताउनुभयो । 


मिडिया पार्टनरमा रेडियो जननी र नगेनन्यूज डट कम रहेको जानकारी एकेडेमिका सदस्य सिम्रन राईले दिनुभयो । 

सुर्योदय डान्स एकेडेमिले बिगतमा पनि भुकम्प पिडित र सडक बालबालिकाको लागि न्यानो कपडा, मृगौला रोगीलाई सहयोग, रक्तदान जस्ता विभिन्न काम गरेको जानकारी एकेडेमिका सदस्य आनिया तामाङ्गले दिनुभयो । उक्त डान्सपार्टी साझ ६ बजेबाट सुरु हुने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!