फुटबल प्रतियोगिता हुने

Posted on: 19 Sep, 2016

असोज ३, पोखरा । असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको सङ्गम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । 

सङ्गम क्लबको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष शिव गुरुङ (माया) ले बताउनुभयो । 

उहाँका अनुसार सङ्गम, एलजी, हङकङको मुख्य प्रायोजनामा छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशभरबाट करिब ४० टिमको सहभागिता रहने भएको छ । 

प्रतियोगितामा विजेता टिमलाई रु एक लाख २१ हजार १११ र दोस्रो हुने टिमलाई भने रु ६१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु पाँच हजार प्राप्त गर्ने भएको छ । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र हाइस्कोररलाई जनही रु दुई÷दुई हजार नगदसहित ट्रफि प्राप्त गर्ने छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!