प्रथम संविधान दिवसमा रक्तदान कार्यक्रम

Posted on: 19 Sep, 2016


  पोखरा ३ असोज
 पहिलो संविधान दिवसको अवसरमा लायन्स क्लव अफ पोखरा पिस सोसाईटीले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ युनिट रगत संकलन भएको छ  ।
 
रक्तदान जीवनदान भन्ने नारा सहित सोमबार पोखराको पृथ्वीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७९ जना पुरुष र छ जना महिला गरि ८५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । प्रमुख अतिथी लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का निवर्तमान गभर्नर एमजेएफ धु्रव बहादुर थापाले प्रथम रक्तदाता सुधा थापा केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
 
लायन्स क्लव अफ पोखरा पिस सोसाईटी वर्ष १६÷१७ का अध्यक्ष लायन होम बिलास सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी थापा, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का रक्तदान समिति प्रमुख एमजेएफ किशोर बराल, रिजन चेयर पर्सन तेजनारायण पराजुली, जोन चेयर पर्सन विधाता श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
 
कार्यक्रम संयोजक लायन नरेन्द्र कुमार कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव लायन कुशराज तिमिल्सिनाले गरेका थिए ।कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत बिभिन्न व्यक्तिहरुले रक्तदान गरेको आयोजकले बताएको छ ।कार्यक्रम रक्तसञ्चार केन्द्र, कास्कीको प्राविधिक सहयोग सम्पन्न भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!