मकवानपुरमा सोह्र श्राद्ध गराउने पुरोहितको अभाव

Posted on: 19 Sep, 2016

जिवराज बख्रेल 

मकवानपुर, ३ असोज 

मकवानपुरमा सोह्र श्राद्ध गराउने पुरोहितको अभाव भएको छ। कर्मकाण्डी पंडितको अभावका कारण सोह्रश्राद्धको समयमा आआफना पितृको मृतआत्माको चिर शान्तिको लाई  पिण्डदान गर्नहरू समस्यामा परेका छन्। पहिल्लो समयमा कर्मकाण्ड गराउने पुरोहितको अभाव रहेको त्यसमा पनि उपलब्ध पुरोहित मध्ये नया“ पुस्ताका कर्मकाण्डी तथा ज्योतिषीले पूजा पाठ, सोह्रश्राद्ध गराउन नमान्ने कारण पुरोहितको अभाव भएको हो । वर्ष भरी मृत्यु भएका हरुको तिथी सोह्र दिन भित्रै पर्ने त्यसमा पनि अरु श्राद्र भन्दा यो श्राद्धको विधि लामो भएको कारण धरै नभ्याइने कारणले पनि यो समयमा पुरोहितको अभाव हुने गरेको स्थानीय पंडित ऋषि प्रसाद बख्रेलले बताउनु भयो ।

परम्परा अनुसार असोज महिनाको कृष्णपक्ष प्रतिपदा तिथिदेखि आफना पितृको मृत्यु तिथिमा असोज महिनाको अमावस्यासम्म पिण्डदान दिने चलन रहेको छ । अन्य समयमा श्राद्र गर्ने हरुको संङया निकै कम हने हेटौडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा पनि यो समयमा दैनिक दर्जनौँको सङख्यामा श्राद्ध गर्न आउने गरेका छन् । “ पालो कुरेर बस्यो बल्ल तल्ल एक जनाको सकिन लाग्छ त्यस पछि बाउनको फोन आउछ हिडिहाल्छन्“  श्राद्धको प्रतिक्षामा वसेका दिपेन्द्र कार्किले भने । ‘श्राद्ध गर्न पाइनेहो वा नपाइनेहो थाहा छैन्’ प्रत्येक वर्ष पुरोहितको अभावमा पिण्डदान गर्न नपाए पछि मकवानपुरवाट दर्जनौको जिल्ला वाहिरका तिर्थस्तलमा जाने गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!