प्रेस चौतारी रामेछापको अध्यक्षमा युनिक विफा

Posted on: 19 Sep, 2016


असोज ३, रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेसनले उनलाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो । 

समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश ः कैलाश खत्री, लेखबहादुर विक, प्रज्वल पौडेल र शान्ता श्रेष्ठ छानिएका छन् । सदस्यहरुमा क्रमश पार्वती पाठक, नवराज  श्रेष्ठ, सिता पुरी र शंकर वरुवाल  पनि सर्वसम्मतिले चुनिएका छन् । २ जना सदस्य भने पछि थप गर्ने निर्णय भएको छ । 

अधिवेशनको उद्घाटन  गर्दै चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेतले प्रेश चौतारी नेपाल नेपालको पत्रकारहरुको व्यवसायीक हित र वैचारिक क्षमता विकासको लागि निरन्तर लागि रहेको बताए । उनले नेपालको पत्रकारीता र नेपाल पत्रकार महासंघलाई उचाईमा पुर्याउने काम चौतारीले गरेको दावि गरे ।

कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले नेपालको पत्रकारीता अझै पनि व्यसायीक र खोजमुलक बन्न जरुरी रहेको बताए । उनले पत्रकारलाई पेशागत धर्म निर्वाह गर्न पनि आग्रह गरे । कार्यक्रममा चौतारीका महासचिव राजेश राई, ३ नं प्रदेश इञ्चार्ज विष्णुमणि सुवेदी, एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जिवि मास्के  लगायतले पनि नेपालको पत्रकारीता र प्रेश चौतारी नेपालको भूमिकाको बारेमा बोलेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!