कार्यालय प्रमुख नहुदाँ कर्मचारीले तलव पाउन सकेनन्

Posted on: 25 Feb, 2016

अभिमनु पटेल/फागुन १३, रौतहट । जिल्ला स्वास्थ्य कार्यालय रौतहटकमा कार्यालय प्रमुख नहुदाँ कर्मचारीले तलव खान पाएका छैनन् ।

विगत २ महिना अगाडी कार्यालय प्रमुखलाई सरुवा गरेकोले अर्को कार्यालय प्रमुख अहिले सम्म आएको छैन । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कार्यालय प्रमुख राजकिशोर पंडितलाई स्वास्थ्य राज्य मन्त्री मोहम्मद मुस्ताक आलमको ठाडो आदेशमा क्षेत्रिय कार्यालय वीरगजमा सरुवा भएको बुझिएको छ ।

पंडितलाई सरुवा गरे पनि अर्कौ कार्यालय प्रमुख रौतहटमा नपठाएको कारण कार्यालय प्रमुख विहिन बनेको हो । कार्यालय प्रमुख विहिन बनेपछि आफुहरु तलव खान नपाएको कर्मचारीहरुले गुनासो गरेका छन ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा रहेका वरिष्ठ कर्मचारीलाई नै कार्यालय प्रमुख बनाउने अभिप्राय राज्य मन्त्री आलमको रहे पनि कसैले चापलुसी नगरेको कारण कार्यालय प्रमुख नबनाइएको समाचार स्रोतले जनाएको छ ।

स्मरणीय छ विगतमा ३४ जना कर्मचारीलाई रौतहटबाट सरुवा भएको छ । बढी मात्रामा नर्स रहेको कार्यालयले जनाएको हो । अस्पतालमा नर्स नहुदाँ धेरै अप्ठयारो परी रहेको चिकित्सकले बताएका छन । आर्थिक प्रलोभनमा परी सरुवा भएको आरोप रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!