रौतहट जिल्ला सभापतिमा यादव विजयी

Posted on: 25 Feb, 2016

yadabअभिमनु पटेल/फाग्न १३, रौतहट । नेपाली काङग्रेस रौतहटको सभापतिमा कृष्ण प्रसाद यादव विजयी भएका छन् ।

नेपाली काङग्रेस रौतहटको जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा यादव ४९४ मत प्राप्त गर्दै जिल्ला सभापतिमा विजयी भएका हुन् । उनको निकटत्म प्रतिद्धन्दी महम्द अफताब आलमले जम्मा ४८९ मत प्राप्त गर्दै पराजित भएका छन ।

जिल्ला अधिवेशन अन्तर्गत हिजो निर्वाचन भएको र राति सकिएको मतगणनामा सचिवमा हिरदेनारायण यादव ५२८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले आफना निकटत्म प्रतिद्धन्दी नेक महम्मदलाई ७७ मतले पराजित गदै सचिवमा विजयी भएका छन ।

त्सतै कोषाध्यक्ष्मा राम श्रैष्ठ साह ४९५ मत हासिल गर्दै विजयी हुनुभएको छ । साहको निकटत्म प्रतिद्धन्दी धरमेन्द्र साह १६ मतअन्तरले पराजित भएका छन । काङग्रेस जिल्ला अधिवेशनमा शान्तिपूर्ण मतदान सम्पन्न भएको थियो । जस्मा जिल्लामा रहेको कुल १०१४ मतदातामध्ये ९८७ जनाले मतदान गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!