पोखरेली उद्योगपति गोशेलीलाई पितृशोक

Posted on: 20 Sep, 2016

असोज ४, पोखरा । पोखरेली उद्योगपति सुशिल गोशेलीलाई पितृशोक परेको छ । 

उहाँका पिता  ९१ वर्षिय विष्णुकुमार गोशेलीको आज बिहान  ९ बजे निधन भएको हो । न्यून रक्तचापबाट ग्रसित गोशेलीको आज आफ्नै निवासमा निधन भएको पारीवारले जनाएको छ । 

वि.सं.२०१७ सालसम्म कांग्रेसका सकृय कार्यकर्ता स्वर्गिय गोशेलीले २०३७ सालमा गृहत्याग गर्नुभएको थियो ।

वि.सं.२०४६ सालमा सन्यासी जीवन शुरु गर्नुभएका गोशेलीले २०५८ मा कान्ति कामाक्षे १००८ शंकराचार्य जैनेन्द्र सरस्वतीबाट स्वामी शिवानन्द गोशेलीबाबाको उपाधि प्राप्त गरेका  थिए  ।

स्वर्गिय गोशेली विष्णु महेश्वरधाम न्यूरोड पोखराका संस्थापक, गोशेली कपडा कारखानाका संस्थापक, गोशेली हाउसका संस्थापक हुन् ।

स्वर्गिय गोशेलीको आजै दिउँसो २ बजे गोशेली हाउस न्यूरोडबाट शवयात्रासहित रामघाट राममन्दिरमा समाधिस्थ गरिने परिवारले जनाएको छ । स्वर्गिय गोशेलीका दुई श्रीमती मध्ये हाल एक श्रीमती, एक छोरा सुशिल गोशेली छन्  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!