स्याङ्जामा चितुवाको आक्रमणबाट एकजना घाइते

Posted on: 20 Sep, 2016

असोज ४, वालिङ । चितुवाको आक्रमणबाट आज बिहान एक पुरुष घाइते भएका छन् । वडा प्रहरी कार्यालय, वालिङका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–९ कल्लेरी, आलेगाउँ बस्ने ५७ वर्षीय भक्तबहादुर माझी घाइते भएका हुन् । 

आज बिहान घर नजिकै बारीमा घाँस काट्दै गरेको अवस्थामा एक्कासि चितुवाले झम्टेको बताइएको छ । 

घाइते माझीको टाउको, शरीर र हातमा चिथोरेर छियाछिया बनाएको छ । गम्भीर घाइते माझीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा लगिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!