रामेछापलाई भोली साक्षर जिल्ला घोषणा गरिदै

Posted on: 20 Sep, 2016


प्रज्वल पौडेल । असोज ४¸रामेछाप ।
रामेछाप जिल्लालाई बुधबारबाट साक्षर जिल्ला घोषणा गरिने भएको छ । शिक्षा मन्त्री धनिराम पौडेलको प्रमुख आतिथ्तामा जिल्ला शिक्षा कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरि जिल्लालाइ साक्षर घोषणा गर्न लागेको हो ।

जिल्लामा रहेको कुल जनसंख्या मध्ये १५ देखि ६० बर्ष उमेर सम्मका ९५ प्रतिशत भन्दा बढि नागरिक साक्षर भएकाले असोज ५ गते साक्षर जिल्ला घोषणा कार्यक्रम गर्न लागेको जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको छ । कार्यक्रम विहान १० : ३० बजे करमबोटबाट र्‍यालीसहित मन्थली बजार परिक्रमा गरेर सामुदायिक भवनमा संचालन गर्न लागेको कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!