रौतहटमा एक युवतीद्वारा आत्महत्या

Posted on: 25 Feb, 2016

अभिमनु पटेल/फागुन १३, रौतहट । रौतहटमा एक युवतीले आत्महत्या गरेकी छिन् । संग्रामपुर–४ मा की २१ वर्षीय युवती मीना ठाकुरले बुधवार साँझ आफ्नै घरमा घाँटीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्र पोखरेलले जानकारी दिए । परिवारिक विवादका कारण ठाकुरले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!