मधेशी जनताको मर्म बुझेर अगाडी बढनुः महासचिव पटेल

Posted on: 02 Mar, 2016

फागुन १९, रौतहट । नेपाल सदभावना पार्टीको छैठौँ संघीय महाधिवेशन २०७२ चैत २६, २७, २८ जनकपुरमा हुन भएकोले मंगलवार रौतहट जिल्ला सदरमुकाम गौरमा महाधिवेशन प्रतिनिधीका लागि निर्वाचन कार्यक्रम समपन्न भएको हो । madhesi 2

नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलको प्रमुख अतिथियमा महाधिवेशनका लागि निर्वाचन प्रतिनिधी कार्यक्रम भएको थिए । कार्यक्रमा महासचिव पटेल बोल्दै नेपालमा सब भन्दा पहिला मधेश र मधेशी जनताहरुको अवाज उठाउने एक मात्र पार्टी नेपाल सदभावना पार्टी नै रहेको हो । अब मधेशी जनताको माग नेपाल र भारतमा मात्रै हईन पुरै संसारमा पनि सबै लाई जानकारी भईसकेका छन । madhesi नेपाल देशमा मधेश पनि हो मधेशमा बस्ने सबै मधेशी जनताहरु हुन । अब मधेशी दलहरुले मधेशी जनताको मरम बुझेर अगाडी बढनु पर्यो । यो सताधारी सरकार लाई मधेशी जनताहरुको माग जसरी पनि सम्वोधन गर्नु नै पर्छ । सत्यको बाटो अलि गाह्रो हुन्छ तर त्यसको फलस्वरुप मिटो र राम्रो हुन्छ महासचिव पटेलले बताएको हो । कार्यक्रम नेपाल सदभावना पार्टी रौतहट कार्यालयमा आयोजना गरिएको थियो ।

mahesi 1

कार्यक्रमका अध्यक्ष मनोज गिरीको अध्यक्षतामा भएको थिए । सो कार्यक्रमा सहभागि केन्द्रिय सदस्य मुरलीधर चौधरी , शंकर यादव , श्रीमन नारायण मिश्रा , जिल्ला सचिव धन्नजय मिश्रा , युवा नेता रन्धिर सिंह , शैलेन्द्र सिंह , किशोर कुमार सिंह लगायत रहेको थिए ।

- अभिमनु पटेल बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!