गुल्मीमा कार दुर्घटनामा परी एक जनाको मृत्यु

Posted on: 20 Sep, 2016


प्रेम सुनार/असोज ४, गुल्मी । गुल्मीमा सडक दुर्घनामा परी एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् ।  

भैरहवाबाट तम्घास हुँदै अर्घाखाँचीको ढिकुरा जाँदै गरेको अवस्थामा रेसुङ्गा नगरपालिका ८ को कमेरेपानीमा बा १४ च ६१५३ नम्वरको निजी कार दुर्घटना हुँदा गम्भीर घाईते बनेका भैरहवामा गजुरी होटल सञ्चालक अन्दाजी  ४० वर्षिय  अशोक भुसालको उपचारका क्रममा मृत्यु भएको हो ।

शिद्धार्थ नगरपालिका १३ निवासी भुसालको उपचारका क्रममा तम्घास अस्पतालमा  दिउँसो  ४ वजेर ५० मिनेट जाँदा   मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मकेन्द्र  मिश्रले जानकारी दिए । दुर्घटना दिउँसो  पौने ३ वजेको समयमा भएको जनाईएको छ ।

उक्त कार सडक देखि ५० मिटर तल खसेको र दुई जना सामन्य घाईते भएको प्रहरी निरीक्षक मिश्रले बताए । घाईते हुनेहरुमा वर्ष २२ का भोजराज पाण्डे र वर्ष २२ कै युवराज पाण्डे भएको बताईएको छ । 

भैरहबाबाट ति तिनै जना ढिकुरामा रहेका  बाबालाई ग्रह दशा हेराउन र केहि दिन त्यही वसेर आराम समेत गर्न भनि उनिहरु आएको नेपाल पत्रकार महासंघका सचिव तारा भुसालले जानकारी दिए । 

तस्वीर: दुर्घटनामा परेको कार

यस बिषयमा तपाइको प्रतिक्रिया...!