डडेल्धुराका होटलहरुको स्तरीकरण गरियो, को-को परे रेडमा ?

Posted on: 20 Sep, 2016


ललित बोहरा/असोज ४, डडेल्धुरा । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले डडेल्धुराका होटलहरुको स्तरीकरण गरेको छ । 

डडेल्धुरा सदरमुकाम क्षेत्रमा रहेका १२ होटलहरुको स्तरीकरण मापन गरेको हो । स्तरीकरणमा परेका होटहरुमा  स्याउवारी भ्यूटावर र राईनो होटेल लाई हरियो स्टीकर (राम्रो) होटलका रुपमा राखिएको छ । भने अन्य १० होटललाई मध्यम (पहेलो स्टीकर) दिएको छ  । 

मध्यम स्तरीकरणमा परेका होटलहरुमा रातो गुराँस, ग्रिनल्याण्ड, न्यू क्लासिक, माउण्टेन भ्यू, गायत्री, हिमालयन, सनलाईट, न्यून सनलाईन, महेश्वरी, सगुन गेस्टाहाउस, प्याराडाईस र ओशिस रहेकोे  क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख उपेन्द्र रायले बताउनु भयो । सरसफाई, होटलको अवस्था, होटल भएको घरको संरचना लगायतका २० सुचकांकका आधारमा होटललाई स्तरीकरण गरिएको हो । 

बिस वटै सुचाकाँकका आधारमा स्याउवारी भ्यू टावर र राईनो होटलले ९० अंक प्राप्त गरेका छन् भने अन्य १० होटलले ९० भन्दा अंक प्राप्त गरेका छन् । कार्यालयले जुन सुकै वेला पनि होटलको अनुगमन गर्ने र अनुगमनका क्रममा सुधार भएमा होटको स्तरीकरण बढाउने र सुधार खस्कदै गएमा होटलको स्तर कम गर्ने र ५० अंकमा मिलेमा कारवाही गर्ने समेत क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलाल प्रमुख रायले बताउनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!