डडेल्धुरामा मार्दक पदार्थ सेवनबाट एक जनाको मृत्यु

Posted on: 20 Sep, 2016

ललित बोहरा/असोज ४, डडेल्धुरा । डडेल्धुरा जिल्लामा खोटो संकलन गर्ने एक जना मजदुरको मृत्यु भएको छ । 

खुमील गाविस ३ रोल्पा घर भएका वर्ष ५१ बर्षीय फुस्रे नेपालीको डडेल्धुराको समैजी गाबिस सिलंगी गाउ नजिकै रहेको जंगलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृतकको लास नजिकै दुई क्वाटर पुनटे सौफी नामक मदिराका खाली बोतल भेटीएकाले मदिरा सेवनका कारण मुत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक  प्रेम बहादुर शाहीले बताउनु भयो । 

मृतक लामो समय देखी मदिरा सेवन गर्दे आएको समेत प्रहरीले जनाएको छ । मृतक नेपाली केही समय यता खोटो संकलनमा   मजदुरी गर्न डडेल्धुरा आएका थिए । सबको उपक्षीय अस्पतालमा पोष्टमाटम पछि परिवार जनलाई बुझाईने प्रहरीले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!